नेपाली भूमि चीनविरुद्ध कुनैपनि गतिविधिका लागि प्रयोग हुन नदिने विश्वास दिलाएँः परराष्ट्रमन्त्री



काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले चीन भ्रमण फलदायी भएको बताएका छन् । तीन दिने चीन भ्रमण पूरा गरी बिहीबार फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको दोहोर्याउदै नेपाली भूमि चीनविरुद्धको कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने विश्वास दिलाएको बताए ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन गर्ने र नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकास प्रयासमा सहयोग गर्ने आश्वासन दिएका थिए । उनले चीन भ्रमणका क्रममा बीआरआईदेखि दुई देशको सीमासम्बन्धी विषयमासमेत छलफल भएको बताए ।

भ्रमणको क्रममा सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनका विषयदेखि ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनको विषयमा कुराकानी भएको उनले बताए ।

उनले भने, ’बीआरआइ भनेको होलिस्टिक एप्रोच हो। यससँग सम्बन्धित रहेका सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन, अन्तरदेशीय ट्रान्समिसन लाइन सम्भाव्यता अध्ययन लगायतका विषयमा कुराकानी भयो ।’

त्यसैगरी भ्रमणको क्रममा दुई देशबीचको सीमा निरीक्षणसम्बन्धी प्राविधिक टोली गठन गर्ने निर्णयसमेत भएको जारी प्रेस नोटमा उल्लेख छ।

परराट्रमन्त्री डा खड्काले जारी गरेको प्रेस नोटमा भनिएको छ,’दुई देशबीचको सीमा निरीक्षणसम्बन्धी कार्य गर्न स्थापित स्थायी संयन्त्र संयुक्त सीमा निरीक्षण समितिको काम अघि बढाउन आवश्यक तयारीका लागि द्वीपक्षीय प्राविधिक टोली गठन गर्ने निर्णय भयो ।’ परराष्ट्र मन्त्री खड्का मंगलवार तीन दिने भ्रमणका लागि चीन पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै