एमालेले बनायो अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी



काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा आठ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ ।कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, पार्टीको केन्द्रीय विभागका सचिवहरू र जनसंगठनका अध्यक्ष र महासचिवहरू रहेका छन् । बैठकले केन्द्रीय कमिटीमा मनोनयन गरेको छ ।

जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी –झापा) छन् । त्यसैगरी, नवराज पौडेल (बाग्लुङ) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरिएको छ । त्यस्तै बैठकले विभिन्न विभागमा रिक्त रहेका सचिव मनोनयन गरेको छ ।

विभाग सचिवको जिम्मेवारी पाउनेहरूमा– सुन्दर भुसाल– उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, विमल शर्मा– कृषि तथा पशुपन्छी विकास विभाग, सुरज अधिकारी– पुस्तकालय तथा अभिलेख विभाग, घनेन्द्र श्रेष्ठ– पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग, मेघराज पौडेल– युवा तथा खेलकुद विभाग, एस.जी.शर्मा– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, सोभियत ढकाल– विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग, केवी उप्रेती–सहकारी तथा गरिबी निवारण विभाग, आरसी लामिछाने–भूमि व्यवस्था विभाग, सन्जीव रोकाहा– विज्ञान तथा प्रविधि विभाग, पुष्कर खाती–सामाजिक सुरक्षा विभाग र गजेन्द्र थपलिया शहरी विकास विभाग रहेका छन् ।

बैठकले केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार, रामदयाल मण्डल– सहइन्चार्ज, मधेश प्रदेश, सरोज यादव– इन्चार्ज, महोत्तरी जिल्ला, प्रमोद नारायण यादव– सहइन्चार्ज, धनुषा जिल्ला, भीम कार्की– उपप्रमुख, भूमि व्यवस्था विभाग, कृष्ण थापा– इन्चार्ज कास्की जिल्ला रहेका छन् ।

बैठकले तीनवटा केन्द्रीय विभाग गठन गरेको छ । जसअनुसार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग र भूमि व्यवस्था विभाग रहेका छन् । .बैठकले नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि र स्थानीय तह विकास विभागको निर्देशिका पारित गरेको छ ।

साथै, पार्टीमा नवप्रवेशीहरुलाई संगठनमा व्यवस्थापन गर्नेबारेमा निर्णय गरेको छ । नवप्रवेशीहरुलाई जिम्मेवारी दिने सम्बन्धमा प्रदेश कमिटीको सिफारिशमा केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन