आफ्ना माग उठाउँदा विश्वविद्यालयको पठनपाठनमा कुनै आँच नआओस्ः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हकहितका विषयलाई उठाउँदा विश्वविद्यालयको पठनपाठनमा पर्न सक्ने असरप्रति ख्याल गर्न आग्रह गरेका छन्।

नेपाल प्राध्यापक संघको ६०औं वार्षिक दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले आफ्ना माग र हकहितका बिषयलाई उठाउँदा जिम्मेवार भएर विश्वबिद्यालयको पठनपाठनमा कुनै आँच आउन नदिन तथा शैक्षिक क्यालेन्डरमा असर नपार्न आग्रह गरेका हुन्।

विश्वविद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ छ । त्यस्तै उहाले विश्वविद्यालयका समस्या र चुनौतीहरूलाई आपसी सम्वाद र समन्वयबाटै समाधान गर्नुपर्ने र यसमा प्राध्यापकहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

त्यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यार्थीहरुले पढ्न चाहेको बिषय नेपालमा नै पढाउनका लागि कतिपय कुराहरु सुधार गर्नुपर्ने गम्भीर चूनौतिमा रहेको बताए। उहाले विश्वबिद्यालयमा राजनीति भएर पठनपाठनमा समस्या भएको गुनासो आउने गरेको भन्दै सवै समस्याहरुलाई वार्ताबाटै हल गर्नुपर्ने धारणा राखे।

मन्त्री पौडेलले प्राध्यापकको पेशागत हक हितका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबैले

पार्टीले बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन

  गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

पुस मसान्तसम्म २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति

काठमाडौं । सरकारसँग २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति