भारतसँगको आफ्नो सिमानामा नेपालले काँडेतार लगाउनुपर्छः भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रावलले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडेतार लगाएको भन्दै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका हुन् ।

सिमानामा काँडेतार लगाउने भनेपछि केवल फलामे तार लगाउनेजस्तो बुझिएपनि यो देशको सुरक्षाको अभिव्यक्ति भएको उनको भनाई छ । रावलले धेरै राष्ट्रहरुले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएको उदाहरण पेश गर्दै उनले नेपालले पनि आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्नेमा जोड दिए ।

रावलले नागरिकता विधेयकको पनि विरोध गर्दै नेपालीहरुलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको तर्क गरे । त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले सबैखाले बाहृय हस्तक्षेपको विरुद्धमा नेपाल लड्नुपर्ने र यसका लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको धारणा राखे ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालले आफ्नो सिमानालाई व्यवस्थित् गर्नुपर्नेमा जोड दिए । त्यस्तै, नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेपालमा राष्ट्रियतामाथि प्रहार हुँदा सबै मिलेर त्यसलाई जोगाउने काम गरेको जिकिर गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आममाफी दिने सरकारको निर्णयले राष्ट्रपतिलाई आलोचित बनाएको छ, पुनर्विचार गर्नुपर्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कसैले बोकाइदिएको भारी हो भनेर

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर, ६ महिना कैद र ९८ लाख जरिवाना

काठमाडौँ । पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सोमबार

कोशीका मुख्यमन्त्री कार्कीद्वारा दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार

राष्ट्रिय एकतालाई सवल बनाउनु एमालेको मुख्य चासो : महासचिव पोखरेल

  काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै