राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलो नगर्नुपथ्र्योः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक नरोक्ने विश्वास व्यक्त गरेका छन् ।

पाँच दिने जापान भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिले विधेयक प्रमाणीकरणका लागि ढिला गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लागेको छ । ढिलो नगर्नुपथ्र्यो ।’ नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका छन् ।

तर राष्ट्रपतिबाट हालसम्म प्रमाणीकरण भएको छैन । उनले आफ्नो जापान भ्रमण सफल भएको पनि बताए । उनले फोहोर व्यवस्थापनका लागि जापानसँग सहयोग माग गरिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)