महान् लोकतन्त्रवादी माननीय गृहमन्त्रीको जिम्मेवारी हुने कुरै भएन, उहाँ अर्थमन्त्री भन्दा के कम ?



केशवप्रसाद भट्टराई ।
१. हामीले राजनीतिक चेतना ग्रहणगर्दै गर्दा मृत्युदण्ड र सर्वस्वहरण हुने आधा दर्जन मुद्दा लागेका एक पूर्व प्रधानमन्त्रीले उनको मुद्दा हेर्न र फैसला गर्न राज्यद्वारा गठित विशेष अदालत समक्ष ठाडो शिर गरेर भने– ’ती ती घटनामा संलग्न व्यक्तिलाई म चिन्दिन, मैले खटाएको –अह्राएको पनि होइन, तर तिनले मेरो नाउमा, नेपाली काङ्ग्रेसको नाउमा मुलुकका जहाँ जहाँ जे जस्ता घटना रहे ती सवैका मेरो जिम्मेवारी छ, म तिनको जिम्मेवारी लिन्छु ।’ जिम्मेवारीबाट भाग्न र. पन्छिन खोजेनन् –ती सवै घटनामा आफू राजनीतिक र नैतिक रूपमा उतरदायी भएको निर्धक्क स्वीकार गरे । उक्त विशेष अदालतका न्यायाधीश जीवित नै हुनुहुन्छ !
२. अर्का प्रधानमन्त्री थिए ।

उनी प्रधानमन्त्री भएकै बखत विद्युत सट भएर सिंह दरवारमा भयङ्कर आगलागी भयो । सिंह दरवारको अगाडिको मोहडा बाहेक सवै ध्वस्त भयो । प्रधानमन्त्रीले त्यसको नैतिक जिम्मेवारी लिए र राजिनामा दिए । कहाँ विद्युत तारको गडबडी छ त्यो हेर्ने र ठिक गर्ने काम मेरो हो र ? भनेर बसेनन् ।

३. अर्का एक जना शिक्षा तथा खेलकुद मन्त्री थिए । दशरथ रंगशालामा फुटबल प्रतियोगिता हुँदै थियो । एक्कासी ठूलो हावा हुरी, असिना पानी वर्षियो । गेट खोल्ने लगाउने जिम्मेवारी भएको व्यक्ति पनि आत्तियो, समयमा गेट खोलिन सकेन । मानिसको भागाभागमा दर्जनौ मानिस मारिए, कुल्चिएर मारिए , डर त्रास र भयले निसास्सिएर , आत्तिएर पनि होला मानिसहरू मरे । ती शिक्षा तथा खेलकुद मन्त्रीले त्यसमा आफ्नो नैतिक दायित्व ग्रहण गरे र राजिनामा दिए । गेट खोल्ने लगाउने जिम्मा मन्त्रीको हो भनेर बसेनन् । यो मुलुकमा प्रतिगामी र निरङ्कुश सरकारहुँदाको बखतका कुरा ।

४. महान क्रान्तिकारी माननीय अर्थ मन्त्रीज्यूको कार्य क्षेत्र र जिम्मेवारी सम्बन्धी विषयमा कुरा उठ्यो , बिबाद भयो , नियमले तीन महिनासम्म सुरक्षित रहनुपर्ने सिसिटिभीको रेकर्ड १३ दिनमै मेटियो । सवल र विवाद उठ्दा – माननीय मन्त्रीज्यूबाट हुकुम भयो मन्त्रालयको त्यस्तो रेकर्ड राख्ने काम मन्त्रीको हो ? संयोग कस्तो भने सिंह दरवारका मूल गेटहरूका गृह मन्त्रालयको जिम्मेवारी अन्तर्गतका सिसिटिभीका रेकर्डहरू पनि त्यसरी नै मेटिएका रहेछन् । महान लोकतन्त्रवादी माननीय गृहमन्त्रीको जिम्मेवारी हुने कुरै भएन, उहाँ अर्थमन्त्री भन्दा के कम ?
.
५. हुन त परराष्ट्र र रक्षा मन्त्रालयको अनुमतिले मुलुकको सेना प्रमुखले कुनै मुलुकको दुतावाशलाई लेखेको पत्रको जिम्मेवारी त यो मुलुकका कसैक्ले लिंदैनन । आफैँ पत्र लेखाउँछन् , सहयोग माग्छन् । बारम्बार पत्र लेख्छन्, यो दल र त्यो दलको कुरा भएन ,सवै प्रमुख दलको नेताको नेतृत्वको सरकारको तर्फबाट पत्र लेखिन्छ,सवै शर्त स्वीकार गरेर लेखिन्छ अनि अर्को पक्षले माग स्वीकार गर्छ अनि मुलुकका सवैदल, सवै नेता , सरकार, पत्र पत्रिका र कथित वुद्दिजिवी , विज्ञ र विश्लेषक एकै स्वरले दाता राष्ट्रको विरोध,निन्दा र आलोचना गर्दछन् । दोष दिनेको ठहर गर्छ नेपालले । हामीले माग्दैमा दिने को हौ. तिमी भने जस्तो गर्दछ । राज्य र सरकार यति नकच्चरो र निर्लज्ज हुन् सक्दछ ?
राष्ट्रको विश्वसनीयता भन्ने हुँदैन ?

तर महान क्रातिकारी, गौरवशाली, प्रगतिशील,सघीय लोकतान्त्रिक गणतन्त्र आएपछि सहज र स्वाभाविक हुन्छन् यस्ता कुरा ! उहाँहरूको युगमा व्यक्तिगत र सामूहिक आत्म सम्मान र स्वाभिमान भन्ने कुराको चेत पनि खोजेर पाइन्छ ? वीपी र किर्तिबाबु त हुनुहुन्न यी कुरा देख्न तर विचरा केशरबहादुर विष्ट । यो समयका युवा पुस्ता , कठै !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली

१२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमतिपछि ग्यास उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं । खाना पकाउने ग्यासको कमिसन बढ्ने भएपछि ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका