गोकुल र विष्णुलाई के भयो र जनार्दनलाई दोषी साबित गरेको भए के हुन्थ्यो ?



नारायण गाउँले ।
संसदीय समितिले वाइडबडी खÞरीदमा अनियमितता भएको ठहर गर्दै नामै तोकेर थप छानबिन र कारबाही गर्न तत्कालीन ओली सरकारलाई निर्देशन दिएको थियो । त्यसमध्ये एक रवीन्द्र अधिकारीलाई ओलीले भोलिपल्टै निर्दोष रहेको सार्वजनिक घोषणा गर्दै संसदीय छानबिनको कुनै महत्व नरहेको बताएका होइनन् ?

समितिले कारवाही सिफारिस गरेका अर्का कांग्रेस नेता जीवनबहादुर शाही त अहिले मुख्यमन्त्री नै छन् । कस्तो कारवाही हो त्यो ? समितिले कारबाही माग गरेका तत्कालीन गृहसचिव प्रेमकुमार राई त उल्टै अरूलाई कारवाही गर्ने अख्तियारको प्रमुख छन् । यति मात्रै होइन, स्वास्थ्यसामग्री खरीदमा गम्भीर अनियमितता भएको संसदीय समितिले ठहर गर्दै भ्रष्टमाथि थप छानबिन र कारवाही गर्न सिफारिस गर्यो तर के भयो त ?

बार्गेनिंगको अडियो नै सार्वजनिक भएपछि त्यति ठूलो लहरोको पहरो प्रधानमन्त्री र अन्यसम्म पुग्ने हुँदा गोकुल बास्कोटाको मन्त्री पद गयो, तर उनी आफैंले मेरो होइन भन्ने हिम्मत नगर्दै ओलीले नक्कली अडियो भनेर छानबिनसम्म हुन नदिएको होइन ? अख्तियार पुग्नुअघि नै अख्तियारको भेषमा मन्त्रालय पुगेर उनले कागजपत्र गायब बनाएको घटनाको छानबिन भयो ?

बालुवाटार जग्गा प्रकरणमा के भयो ? प्रत्यक्ष लाभ लिएका विष्णु पौडेलमाथि छानबिन भयो ? कम्तिमा बालुवाटार किन्न सक्ने हैसियतका उनले नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हत्याएको त जगजाहेर नै थियो, कारबाही भयो ? के यस्ता विषयलाई लिएर कहिल्यै प्रतिपक्षी दलले आन्दोलन गरे ? संसद यस्तो विषयमा अवरोध भयो ? सिङ्गो सिस्टम नै नफेर्दासम्म एक दुई पात्र फेरेर केही हासिल हुँदैन । अति हुँदैछ । लाग्छ, गर्भमा कुनै ठूलो धक्का जन्मिदै छ ! सधैँ त यसरी नचल्ला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली

१२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमतिपछि ग्यास उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं । खाना पकाउने ग्यासको कमिसन बढ्ने भएपछि ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका