आफ्ना पार्टी पङ्क्तिबाहिरका तपाइँका प्रशंसकहरूलाई निराश र लज्जित पो बनाइरहनु भएको छ कि ?



केशवप्रसाद भट्टराई ।

१. खुला र उदार प्रजातान्त्रिक समाजमा एम अधिकारी को हुन् ? भनेर प्रश्न गर्ने अधिकार हरेक नेपाली नागरिकलाई छ आदरणीय ओलीजी ! जो कुनै नागरिकको त्यो अधिकारलाई चुनौती दिन सकिन्न । आफू प्रतिरक्षात्मक हुने उद्देश्यले कुनै न्यायाधीश काङ्ग्रेसको कुनै विभागमा छन् भनेर थोकमा भनेर पुग्दैन, त्यो यो व्यक्ति हो भनेर पनि भन्न सक्नु पर्दछ ।

२. स्थानीय चुनावमा तपाइँहरू पराजित हुनुहुन्न । तर निर्वाचन पछि तपाइँहरू आत्म विश्वास गुमाए जस्तो गरेर , बढी उत्तेजित भएर, बढी आक्रामक भएर, बढी नकारात्मक भएर आफ्नो विजयलाई सम्मान गर्न सकिरहनु भएको छैन ।बरु गोकुल बास्कोटा र महेश बस्नेतहरू बढी सौम्य, सन्तुलित, संयमित र जिम्मेवार भएर प्रस्तुत हुने गरेका देखिन्छन् ।

३. वर्तमान समयमा तपाइँ जत्तिको लोकप्रिय व्यक्ति नेपाली राजनीतिमा सम्भवत छैनन् । तर तपाइँ बेला बेलामा विवादित र अप्रमाणित कुरा त गर्दै नै हुनुहुन्थ्यो आज आएर पृथ्वीनारायण शाहको दिव्य उपदेशको प्रामाणिकतामाथि पनि प्रश्नगर्दै हुनुहुन्छ ।
यसले आफ्ना पार्टी पङ्क्तिबाहिरका तपाइँका प्रशंसकहरूलाई निराश र लज्जित पो बनाइरहनु भएको छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली

१२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमतिपछि ग्यास उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं । खाना पकाउने ग्यासको कमिसन बढ्ने भएपछि ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका