अब पनि उहाँहरुबाट देशको विकास सम्भव छ भन्न सकिएला ?



शारदाप्रसाद त्रिताल ।
संवैधानिक परिषद उच्च तहका पदाधिकारीहरुको नाडी छाम्ने संयन्त्र हो । संवैधानिक परिषदको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ । परिषदमा गैरराजनीतिक सदस्यको रुपमा प्रधानन्यायाधीश मात्र रहनु हुन्छ । अन्य सदस्यहरुमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहनुहुन्छ ।

परिषदको सचिवको जिम्मेवारी मुख्य सचिवलाई दिइएको छ । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको लागि सिफारिस गर्ने यसको कार्यक्षेत्र हो । यो भन्दा उच्चस्तरका पदाधिकारी रहेको अरु कुनै संयन्त्र हुँदैन । तर विडम्बना ! यो जति विवादित र कमजोर संयन्त्र अरु छैनन् । आफ्ना मान्छेको सिफारिस गर्न तिगडम गर्नु नै यसका पदाधिकारीहरुको नियति बनेको छ । राज्य संयन्त्रका मुख्य पदाधिकारीहरुको सोच, चरित्र र व्यवहार यसै संयन्त्रको व्यवस्थापनको अवस्थाले निर्धारण गरिदिएको छ ।

परिषदको ऐनमा फेरबदल गर्न विभिन्न प्रधानमन्त्रीका पालामा प्रस्ताव गरिएका प्रावधानहरुले उहाँहरुको सोच, क्षमता, चरित्र र व्यवहार उदाङ्ग पारिरहेको नै छ । अपवाद वाहेक सबैका पालामा सिफारिस भएका संवैधानिक निकायका पदाधिकारीहरुको अनुहारले पनि छर्लङ्ग बनाएको नै छ । अब पनि उहाँहरुबाट देशको विकास सम्भव छ भन्न सकिएला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली

१२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमतिपछि ग्यास उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं । खाना पकाउने ग्यासको कमिसन बढ्ने भएपछि ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका

ललिता निवास जग्गामा विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार पुग्यो सर्वोच्च

काठमाडौं । ललिता निवासको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम