यसरी पुनर्जीवन दिन सकिन्छ वीरगंज कृषि औजार कारखानालाई



महावीर पुन ।
कामको लागि वीरगंज तिर गएको बेलामा वीरगंजमा भएको सोभियत संघले निर्माण गरिदिएको कृषि औजार कारखानामा पसेर दुई घण्टा जति सम्पूर्ण मेशिनहरुको विस्तृत अवलोकन गरियो । त्यहाँ भएका औजारहरु र मेशिनहरु ६० बर्ष जति पुरानो रहेछन् । ति मेशिनहरुको सरसफाई र मर्मतसम्भार गरेमा अझै पनि कम्तिमा ५० प्रतिशत मेशिनहरु काम लाग्ने देखियो । तर त्यहाँ भएका औजारहरुको भरमा मात्र सो कारखानालाई पुनर्जीवन दिन सम्भव छैन ।

विभिन्न आधुनिक प्रविधिमा आधारित स्वचालित मेशिनहरु पनि थप गर्यो भने ठूलो मात्रामा कृषकहरुलाई चाहिने औजारहरु उत्पादन गर्न सकिने देखियो । यसबाहेक त्यहाँ धातुहरु पगाल्न र कास्टिंग गर्नको लागि आवश्यक सिस्टमहरु राख्नु पर्ने देखियो । करिब २५ करोड रुपैंयाँ जति खर्च गर्ने र इमान्दारीताका साथ काम गर्ने हो भने सो कारखानालाई नेपालको लागि निकै नै आधुनिक औजार कारखाना बनाउन सकिने देखियो ।

नयाँ मशिनहरु थप्ने र पुराना मेशिनहरुलाई मर्मत सम्भार गर्ने हो भने सो कारखानामा कृषकहरुलाई चाहिने खन्ने, जोत्ने, काटकुट गर्ने, रोप्ने, गोड्ने जस्ता साना र मझौला किसिमका कृषि औजारहरु उत्पादन गर्न सकिने देखियो । कृषिका सामानहरु र औजारहरु बाहेक सो कारखानामा अन्य साना र मझौला व्याबसायीहरुको लागि चाहिने सामानहरु जस्तै ईट्टा बनाउने, साबुन बनाउने, घरेलु उद्योगलाई चाहिने औजारहरु बनाउने र विद्युतबाट चल्ने बिभिन्न किसिमका सामानहरु उत्पादन गर्न र अन्य थुप्रै कामहरु गर्न सकिने देखियो ।

साथै सो कारखानाको हाता भित्र एउटा आधुनिक कृषि, मेकानिकल, इलेक्ट्रिकल सहितका विभिन्न औजार, उपकरण र मेशिनहरु बनाउन अनुसन्धान तथा विकास, नवप्रबर्तन र आविष्कार गर्नको लागि एउटा उच्चस्तरको अनुसन्धान र आविष्कार केन्द्र संचालन गर्यो भने नेपालका प्रतिभाशाली र सृजनशील युवाहरुलाई नेपालमा नै राख्न सकिने धेरै ठूलो सम्भावना पनि देखियो । अनि नेपालको कृषि र अन्य थुप्रै किसिमका साना र मझयौला उद्योगहरुलाई चाहिने औजार र उपकरणहरु उत्पादन गरि त्यस्ता सामानहरुको आयात घटाई देशको व्यापार घाटा निकै नै घटाउन सकिने पनि देखियो । सो काम गर्न कुनै गाह्रो नभएको कुरा पनि देखियो । ईति शुभम्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार