प्रजातन्त्र दरबारमा लगेर बुझाउने देउवालाई क्रान्तिकारीहरूले गुरु थापे



धुलिखेल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रजातन्त्र दरबारमा लगेर बुझाउने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई क्रान्तिकारीहरूले गुरु थापेको बताएका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूका लागि नेकपा एमाले काभ्रेद्वारा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले भने–‘जोसँग सङ्घर्ष गर्नुछ उसैसँग गठजोड गरेर जानेहरू गद्दार हुन् ।’ उनले देउवासँग घाँटी जोडिरहेका नेताहरू कम्युनिष्ट आन्दोलनबाट विचलित भएको बताए । उनले गठबन्धनबाट देश नबन्ने बताए । ‘अहिलेको आवश्यकता राजनीतिक ध्रुवीकरण हो, गठबन्धन होइन’–महासचिव पोखरेलले भने–‘राजनीतिक परिवर्तनका लागि दलहरूको गठबन्धन आवश्यक छ तर मुलुक निर्माण र समृद्धिका लागि गठबन्धन उपयुक्त होइन । यो केवल सत्ताको लुछाचुँडी र अवसरवादको झुण्ड हो ।’

गठबन्धनले देश बनाउन नसक्ने भन्दै महासचिव पोखरेलले राष्ट्रभक्त, देशभक्तहरू एकैठाउँमा हुनु जरूरी भएकाले राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताए ।

‘मुलुकको विकास र समृद्धि एमालेले मात्रै गर्न सक्छ’–उनले भने,‘काँग्रेसको पछि लागेर समृद्धि सम्भव छैन । देश बनाउने हो भने नेकपा एमालेको नेतृत्व आवश्यक छ । एमालेले मात्रै नागरिकको जीवनको सुरक्षा गर्न सक्छ ।’

प्रशिक्षणमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज गोकुल बास्कोटाले जनप्रतिनिधिहरूले जनताको दुःख सुखमा एकाकार भएर काम गर्नुपर्ने बताए । पार्टीले टिकट दिएर निर्वाचित भए पनि सबै जनताको पक्षमा काम गर्न बास्कोटाले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको