गठबन्धन सरकारले एसपीपीमा मुलुकलाई लैजाने खतरा कायमै छः केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफ्नो समयमा ल्याइएको भनेर माओवादी अध्यक्ष प्रचण्डले गलत कुरा बोलेको बताएका छन् ।

मंगलबार मदन भण्डारीको ७१औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रचण्डतर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।

उनले केपी ओलीको समयमा एसपीपी आएको, तर आफूले रोकेको भनेर प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ढाँटिरहेको बताए । उनले भने, ‘एकजना नेताले पटक–पटक भनिरहेका छन्, केपी ओलीको समयमा एसपीपी ल्याएको थियो। अन्तर्राष्ट्रिय रुपमा र राष्ट्रिय रुपमा ढाँटिरहेका छन्। केपी ओलीको समयमा ल्याएको थियो, मैले भूमिका खेलेर रोकियो भनेर भनिरहेका छन् । योभन्दा ढाँट र फट्याइँ कुरो के हुन्छ ?’

अध्यक्ष ओलीले एसपीपीका सन्दर्भमा गरिएको पत्राचारका सन्दर्भमा सत्यतथ्य बाहिर ल्याउन र वास्तविक पत्र सार्वजनिक गर्न सरकार र अमेरिकी दूतावासलाई आग्रह गरे । उनले यसबारेमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीबाट पनि यथार्थ जानकारी आउनुपर्ने बताए । अध्यक्ष ओलीले सुशील कोइरालाको पालामा स्वीकृति दिइएको एसपीपीलाई प्रचण्डले अघि बढाएको भन्दै आफू प्रधानमन्त्री भएको बेला कार्यदल बनाएर रोकेको दाबी गरे ।

अध्यक्ष ओलीले एसपीपीमा मुलुकलाई लैजाने खतरा कायमै रहेको र एमसीसीमा जस्तै यो गठबन्धन अर्को जाल लिएर एसपीपीमा सामेल हुने सम्भावना रहेको बताए ।

उनले भने, ‘मलाई थाहा नदिई कात्तिक १० मा सेनापतिको पत्र गयो भनिएको छ । तर त्यो पत्रको चलानी नम्बर टिपेक्स लगाएर हातले लेखिएको छ । पठाएको पत्रमा पनि हातले केरमेट गरेको छ । टिपेक्स लगाएर मेटेर हातले लेखिएको स्पष्ट हुन्छ । म सरकारलाई टिपेक्स नलगाएको ओरिजनल पत्र देखाउन चुनौती दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले