अमेरिकाको टेक्ससको सान एन्टोनियो भन्दा केही पर पाइएको एउटा लरीमा कम्तीमा ४६ जना मृत अवस्थामा फेला परेको बताइएको छ। उनीहरू आप्रवासीहरू भएको आशंका गरिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार कम्तीमा १६ जनालाई अस्पताल पुर्याइएको छ ।
सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा एउटा ठूलो ट्रक आपतकालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्छ । केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरी नजिकै फेला परेको थियो । द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारी चालकको खोजी गरिरहेका थिए ।
सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २५० किलोमिटरको दूरीमा अवस्थित छ । टेक्ससका गभर्नर ग्रेग याबटले ती मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । एबोटले मृत्युलाई “उनको (बाइडन) घातक खुला सीमा नीतिको परिणाम“ का रूपमा व्याख्या गरे । मेक्सिकोका विदेशमन्त्रीले आफ्ना एक सरकारी कर्मचारी घटनास्थल तर्फ जाँदै गरेको तर हालसम्म मृत्यु भएकाहरूको कुन देशका हुन भनेर थाहा भने भइनसकेको जनाएका छन्।

प्रतिक्रिया