गगन थापाप्रति खलनाथ खनालको कटाक्षः चारपाटा मोडियोस् भन्नेहरु कहाँ छन् ?



काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपाली काँग्रेसलाई समाजवादको यात्रातर्फ आउन आग्रह गरेका छन् । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठिमा खनालले नेपाली काँग्रेसलाई वामपन्थीहरुसँग मिलेर समाजवादको यात्रातर्फ आउन आग्रह गरेका हुन् ।

उनले काँग्रेस समाजवादमा आए स्वागत गर्न तयार रहेको बताए । उनले काँग्रेस समाजवादमा नआउने हो भने समाजवादको पक्षधरहरु मिल्नुपर्ने धारणा राखे । खनालले गठबन्धन संसद विघटनको बिरुद्धमा उभिएर संविधान बचाउन सफल भएको भन्दै आगामी दिनमा कुनैपनि प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताए ।

उनले प्रतिपक्ष दल नेकपा(एमाले)ले स्थानीय निर्वाचन पछाडी बिना शर्त संसद चल्न दिनु वाम लोकतान्त्रिक गठबन्धनको विजय भएको उल्लेख गरे ।

उनले भने,‘अब त संविधान त बच्यो त । अब संविधानलाई तलमाथि गर्न कसैले सक्छ ? अब आँट गर्दैन । यो देशको कुनै प्रधानमन्त्रीले पनि फेरि म संसद विघटन गर्छु भनेर खड्गप्रसाद शर्मा ओलीको बाटो हिँड्नेवाला छैन । हिँड्न सक्दैन । अब गाह्रो छ । संसद पुनस्र्थापना त गर्यौँ तर चल्दै चल्दैन । खड्गप्रसाद शर्मा ओलीजी यसलाई असफल बनाउन लाग्नु भो । तर स्थानीय तहको निर्वाचनपछि आएपछि उहाँपनि सिताङ्ग हुनुभयो । भित्रभित्रै त महशुस भयो होला यो गल्ती नै भो भन्ने । त्यसपछि उहाँले चुपचाप, बिना शर्त फेरि संसद चल्न थाल्यो । यो वाम लोकतान्त्रिक गठबन्धनको विजय हो । यो वाम लोकतान्त्रिकगठबन्धन कहिलेसम्म जान्छ त ? यो प्रश्न बडा जटिल छ । अब प्रष्ट रुपले समाजवादको यात्रातर्फ अगाडि बढौँ । नेपाली काँग्रेसपनि समाजवादकै यात्रातर्फ लाग्छौँ, हामी वामहरु सँग मिलेरै जान्छौँ भन्नुहुन्छ भने स्वागत छ । तर अब उहाँहरु चाहिँ हामी त अलि यस्तै उस्तै हो कहिलेकाहीँ प्रजातान्त्रिक समाजवाद भन्छौँ १२ सालमा विपीले ल्याइदिनु भो । अब म एकजना त छु नि रामचन्द्र पौडेल यो कुरा भन्ने अरुले बिर्सिहाले भन्नुहुन्छ भने अब जो जो समाजवादको पक्षमा तयार छौँ उहाँहरुले अगाडी बढेर जानुपर्यो ।’

उनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले यस्तो निर्वाचन प्रणाली अपनाएर समाजवादको बाटोमा जान कठिन हुने बताए । उनले एक करोड रुपैयाँ नभई निर्वाचन लड्न नसक्ने अवस्था आएको भन्दै निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताए । उनले आम श्रमिक जनताले चुनाव लड्नसक्ने व्यवस्था बनाउनुपर्नेमा जोड दिए ।

खनालले नेपाली काँग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै अमेरिकी सेना नेपाल आएमा चारपाटा मोडियोस् भन्नेहरु कहाँ छन् भन्ने प्रश्न गर्दै सो कुरा संसदमा सोध्न बाँकी रहेको बताए । खनालले भने ‘कतिपयले मलाई चारपाटा मोडेर निकाल्नु अमेरिकन सेना यही आयो भने भनेका थिए । आज ति चारपाटा मोडियोस् भन्नेहरु कहाँ छन् ? त्यो डकुमेन्टले देखाएन ? मैले संसदमा सोध्न बाँकी नै छ यो कुरा । एसपीपी आयो तर रोकियो । नेपालका पहाडहरुमा अमेरिकी सेना परेड खेल्नबाट रोकियो । अलिकति भए पनि हाम्रो देशको राष्ट्रियता जोगियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री