चार मन्त्री र एक राज्यमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा चार मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।

जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा र भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले शपथ ग्रहण गरेका हुन् ।

मन्त्रिपरिषदमा नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, प्रतिनिधिसभाका अध्यक्ष अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै मन्त्री पदको बहाली गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन पार्टी कमिटीलाई एकीकृत समाजवादीको सर्कुलर

  काठमाडौँ ।  नेकपा  (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा

समसामयिक राजनीतिक परिस्थितिबारे चिनियाँ राजदूतको चासो

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

एउटा व्यक्तिको साहस !

डा. गोविन्दशरण उपाध्याय । डा. केशवराज बलिराम हेड़गेवर (१८८९–१९४०) को जन्म भारतको नागपुरमा

उपप्रमुख सञ्जालको सातौँ बैठक: संशोधन विधेयकमा साझा धारणा बनाउने

काठमाडौं । काठमाडौँ उपत्यकाको स्थानीय तह उपप्रमुख र उपाध्यक्ष सञ्जालको बैठकले स्थानीय सरकार