उद्योगीलाई उचाल्दै ओली, बजेटको विरोध गर्न निर्देशन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगी, व्यवसायीको ढाड सेक्नेगरी सरकारले बजेट ल्याउँदा पनि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संगठनहरूले बजेटको आलोचना र विरोध गर्न नसकेको बताएका छन् ।

पार्टीको उद्योग,बाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठक अघि आइतबार विभागका प्रमुख लगायत सदस्यहरूलाई निर्देशनात्मक सम्बोधन गर्दै अध्यक्ष ओलीले उद्योग, वाणिज्य क्षेत्रमा सरकारका गलत कदमको आलोचना गर्नुपर्ने बताएका हुन् ।

‘बजेटमा एकदम बेठीक ढंगका क्रियाकलाप भएका छन् भने ती कुराको उद्योगी–व्यवसायीको हकहितमा खुलेका संगठनले आलोचना गर्नुपर्छ,’ उनले भने ‘त्यसको आलोचना समुचित ढंगले गर्नुपर्ने थियो । तर, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत संगठनले आलोचना गरेको देखिएन ।’

ती संगठनले बजेट राम्रो छ भनी स्वागत गरेको वताउँदै अध्यक्ष ओलीले भने, ‘ हाम्रो पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बजेट सिङ्गो उद्योग–व्यवसायको क्षेत्रलाई हेरेर ल्याइयो कि सीमित व्यापारीलाई हेरेर ? त्यसका आधारमा कमजोरीको आलोचना गर्नुपर्छ ।’ उनले आफ्नो हितमा आफूले नबोले अरू नबोल्ने भन्दै उद्योगी–व्यवसायीलाई बोल्न आग्रह गरे । ‘आफ्नो हितमा पनि आन्दोलनमा उत्रिन सकिँदैन भने अरू कस्ले बोलिदिन्छ ?,’ उनले भने, ‘पहिला आफूले बोल्नु पर्यो नि । त्यसकारण हामी आफू पनि बोल्नुपर्छ हाम्रो विभाग पनि बोल्नुपर्छ । मर्कामा परेका उद्योगी–व्यवसायीका पक्षमा बोल्नुपर्छ र उहाँहरुलाई बुझाउनु पनि पर्छ, बोल्न तागत दिनुपर्छ ।’

उनले एक–दुई जना व्यापारी घरानीयालाई हेरेर ल्याइएको बजेटले समग्र राष्ट्रिय उद्योग–व्यापारको हित गर्न नसक्ने पनि बताए । उनले एमालेका सही नीतिमा सहमत गराउँदै उद्योगी–व्यवसायीलाई आवद्ध गराउने कुरामा भूमिका खेल्नुपर्नेमा पनि जोड दिए । पार्टीको उद्योग,वाणिज्य तथा आपूर्तिका क्षेत्रमा फैलाइएका भ्रमलाई चिर्दै अघि बढ्न पनि उनले निर्देशन दिए । उनले आर्थिक क्षेत्रका लागि नीति बनाउँदा विभागले राम्रो गृहकार्य गरी सल्लाह सुझाव दिनुपर्ने हुँदा विभागको जिम्मेवारी महत्वपूर्ण रहने बताए । ‘नेकपा (एमाले)ले लिने नीति भनेको राष्ट्रिय नीति हुनुपर्छ । हाम्रो नीति राष्ट्रिय नीति हुनुपर्छ र त्यसले राष्ट्रलाई नेतृत्व गर्नुपर्छ, सरकारलाई नेतृत्व गर्नुपर्छ’ उनले भने ,‘उद्योग होस् वा वाणिज्य क्षेत्रमा जुनसुकै पार्टीको सरकार भए पनि हामीले अरूको भन्दा उन्नत, सही, उपयुक्त खालका नीतिहरू लागु गर्नुपर्छ ।’

उनले एमाले आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा रहेको भन्दै विभागलाई आयात निर्भर नभई निर्यात निर्भर अर्थतन्त्रका पक्षमा काम गर्न पनि सुझाव दिए । निजी क्षेत्रलाई अगाडि बढ्न प्रोत्साहन गर्ने नीतिसँगै सरकारी स्वामित्वमा रहेका उद्योग, कलकारखाना र आपूर्तिसँग सम्बन्धित संस्थाहरूको संरक्षण गर्नुपर्ने भनाइ राख्दै अध्यक्ष ओलीले तर सरकारले आयल निगमलाई टाट उल्टाएर पेट्रोलियम पदार्थ आपूर्तिको जिम्मा निजी क्षेत्रलाई दिने नीति ल्याएको र आफूले त्यसको संसदबाटै विरोध गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा