रवीन्द्र मिश्र ।
मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ। स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो -राजनीतिबाट होइन। पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ। पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु। म साधारण सदस्य रहने नै छु।
राजनीतिको मेरो एउटैमात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो। ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन।
कसरी त्यो संभव होला भन्ने मन्थन मैँ छु। मन्थनबाट निस्किएको निष्कर्ष लिएर उपस्थित हुने नै छु।सबैको साथ पाए निश्चय पनि लक्ष्यमा पुग्न सहज हुनेछ। अन्यथा, यो देशको लागि जे गर्दा राम्रो हुन्छ भन्ने लाग्छ, त्यसबारे विश्वास दिलाउन प्रयास गरि नै रहनेछु।

प्रतिक्रिया