सम्भवतः आज मन्त्रिपरिषद् पुनर्गठन हुन्छः माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्भवतः आज मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् । आइतबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले छिट्टै पार्टीको निर्णय कार्यान्वयन हुने बताए ।

उनले भने, ‘मन्त्रिपरिषद्को पुनर्गठन हुनेछ । छिटोभन्दा छिटो हुनेछ । आशा गरौँ, आजै हुनेछ । हाम्रो पार्टीको निर्णय लागु हुनेछ भन्ने आशा र विश्वास गर्दछु ।’

अध्यक्ष नेपालले कतिपय व्यक्तिहरूको आफू पदमा बसेपछि हट्नै नचाहने प्रवृृत्ति भएको बताए । उनले पार्टीबाट सरकारमा गएका केही मन्त्रीहरूले दिएको राजीनामा गोजीमा बोकेर हिँडेको समेत सुनाए । अरू मन्त्रीहरूको पनि राजीनामा आउने अपेक्षा गरे ।

उनले भने, ‘केही मन्त्रीहरूले मलाई राजीनामापत्र दिनुभएको छ । पार्टीले कहिले बाहिर ल्याउने हो त्यो ल्याइयोस् भन्नुभएको छ । त्यो म गोजीमा लिएर हिँडिरहेको छु । अरू मन्त्रीहरूले पनि राजीनामापत्र पठाउनुहुनेछ । राजीनामा पनि चाहिँदैन । पार्टीको निर्णय नै पर्याप्त छ । त्यो चाँडै लागु होस् ।’

नेपालले सत्ता गठबन्धनसँग आफ्नो संघर्ष र एकता हुने बताए । यसको विकल्प नखोज्ने र गठबन्धन सरकारलाई निरन्तरता दिने बताएका हुन् ।

उनले भने, ‘दक्षिणपन्थी, राष्ट्रिय आत्मसमर्पणवाद र बिसर्जनवादसँग लड्न गठबन्धन बनाएको हौं। बिसर्जन होइन, आत्मसमर्पण होइन, देशभक्त र लोकतान्त्रिक विधि अवलम्बन गर्ने सबैलाई समेटेर अघि बढ्ने क्रममा गठबन्धन बनेको हो। गठबन्धनलाई निरन्तरता दिने पक्षमा हामी रहन्छौं।’

गठबन्धनसँग सम्बन्ध भने संघर्ष र एकताको हुने बताए। उनले एकता निःशर्त नहुने बताउँदै थपे, ’एकता भनेको सशर्त हुन्छ। भ्रष्टचारमा एकता हुँदैन। भ्रष्टीकरणविरुद्ध एकता हुँदैन।’ उनले कार्यकर्तालाई आफैं नमूना बनेर काम गरेर देखाउन निर्देशन दिए। पार्टी कार्यकर्ताले यसको संगठन मजबुत बनाउन राम्रा कामका साथै प्रचारात्मक काममा समेत जोड दिन निर्देशन गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व

कांग्रेसको सहकारी र आदिवासी विभागमा दश/दश सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक

चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास