दार्चुलाको मार्मा गाउँपालिकाले एमबिबिएस अध्ययन गर्न १० लाख छात्रवृत्ति दिने



दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने भएको हो ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भएको, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेको एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएसमा छात्रवृत्ति उपलब्ध गराइने छ ।

गाउँपालिकाले स्तरोन्तति भएर १० शैय्याको अस्पतालको रुपमा स्तरवृद्धि भएको लटिनाथ स्वास्थ्य चौकीमा अढाई वर्षभित्र भवन निर्माण गर्ने भएको छ । गाउँपलिकाभित्रका स्वास्थ्य चौकी भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अस्पतालको प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टललगायत सुविधा सुदृढीकरण गर्दै लग्ने उल्लेख छ । हरेक गाउँमा विशेषज्ञसहितको घुम्ती सेवा सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ ।

एमबिबिएस र बिई पढ्न ५० प्रतिशत खर्च व्यवहोर्ने

दुहुँ गाउँपालिकाले सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी प्रवेशिका परीक्षामा नाम निकाल्ने एक÷एक विद्यार्थीलाई एमबिबिएस र बिई अध्ययनका लागि ५० प्रतिशत रकम उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई मापदण्ड बनाएर एमबिबिएस र बिई अध्ययनमा खर्च उपलब्ध गराउने भएको हो । एक/एक विद्यार्थीको अध्ययनका लागि आधा रकम गाउँपालिकाले उपलब्ध गराउने गरी नीति कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर बडालले बताए ।

गाउँपालिकाले विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क नलिने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका हरेक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क लिन नपाइने भएको हो ।

विद्यालयले विभिन्न शुल्कका नाममा विद्यार्थीबाट पैसा उठाउने गरेको भन्दै गाउँपालिकाले विद्यार्थीबाट लिइने शुल्क कटौती गर्ने भएको हो । आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष बडालले शुल्क पूर्ण रुपमा बन्द गरिएको उल्लेख गरे ।

पालिकाभित्रका सामुदायिक विद्यालयको आवश्यकता र सम्भाव्यताका आधारमा भौतिक पूर्वाधार निर्माणको काम गरिने उल्लेख गरिएको छ । पालिकाभित्र एक वडा एक नमूना विद्यालय कार्यक्रम अघि बढाइने भएको छ । युवाको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकास्तरीय सुविधा सम्पन्न रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाइने नीति कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाबाट तलबभत्ता उपलब्ध गराउने गरी राखिएका शिक्षकको दरबन्दी पुनःनिर्धारण गरिने छ । पालिका भरीका सामुदायिक विद्यालयमा ई–हाजिरी जडान तथा शिक्षकलाई पुर्नताजगी तालिम दिइने छ ।

कक्षा ४ देखि ७ र ९ को परीक्षा पालिकास्तरीय गरी प्रश्नपत्र तथा उत्तरपुस्तिका जाँचसम्बन्धी सम्पूर्ण काम पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत गरिनेछ । विद्यार्थीको सङ्ख्या हेरी मापदण्डानुसार विद्यालय मर्जको नीति अवलम्ब गर्दै आयोगका तयारी कक्षा सञ्चालन गरिनेछ । विद्यालय कर्मचारी सामुदायिक सिकाइ केन्द्रका कर्मचारी र बालविकास सहजकर्ताहरुको तलब मासिक दुई हजारले बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीले बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन

  गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

पुस मसान्तसम्म २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति

काठमाडौं । सरकारसँग २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति

सशस्त्र प्रहरीद्वारा विराटनगरमा एक व्यक्तिको साथबाट ३८ वटा मानव खप्पर बरामद

विराटनगर । विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित सशस्त्र प्रहरीले एकजनालाई