‘एमालेका १० भाइको दिमागबाट अझै नशा उत्रिन सकेन’



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका छन् ।

शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले गठबन्धनप्रति आफूहरुको धेरै गुनासो रहेपनि आफ्नै कारणले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका हुन् । उनले आगामी निर्वाचनमा समेत गठबन्धन दलले यसअघिका कमजोरी हटाएर मिलेरै जाऔ भनेकाले कमजोरीहरु दोहरिन नदिन आफैं सचेत हुनुपर्ने बताए ।

अहिलेको अवस्थामा गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागि पर्नुपर्ने आवश्यकता देखिएको नको भनाई छ । २७/२८ प्रतिशत ठाउँमा मात्र उम्मेद्वारी दिँदा पनि ९ लाखभन्दा पनि बढी मत प्राप्त गरको भन्दै अध्यक्ष नेपालले छोटो समयमा नै जनताको समर्थन पाएको दावी गरे ।

उनले एमालेबाट बिद्रोह नगरेको भए दास बन्ने वा राजनीतिबाट पलायन हुने अवस्था देखिएको बताए । नेपालले एमालेका १० भाइको दिमागबाट अझै नशा उत्रिन नसकेको टिप्पणी गर्दै समाजवादीलाई धारेहात लगाउने काम गरेको उल्लेख गरे । उनले मूल्य वृद्धिका कारण जनता मारमा परेको र मूल्य वृद्धि गर्नेमाथि तुरुन्त कारबाही गर्नुपर्ने बताए ।

त्यस्तै अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्र सुधार र भ्रष्टचार नियन्त्रणमा सरकारको विशेष ध्यान दिनुपर्ने बताए । अहिले भ्रष्टचार बढिरहेको बारे गठबन्धनको बैठकबाट सरकारको ध्यानाकर्षण गराइएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान र ग्रेड साउनदेखि लागु गर्न स्वीकृति

काठमाडौं । सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको

आगामी निर्वाचनमा १० अर्ब खर्च हुने आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगमी मंसिर ४ गते हुने प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

यो डरको र करको राजनीति होः रामचन्द्र पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिरमा हुने संघीय र प्रदेशसभा

सेटिङमा जब बजेट बन्छ, मन पोल्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कहिल्यै पनि नातावाद र