रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’



काठमाडौं । पूर्वपत्रकार रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् ।

उनले आफ्नो पार्टी नबनाई यो जर्जर व्यवस्था बदल्न नसक्ने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् । उनले भने, ‘यो जर्जर संरचना परिवर्तनका लागि नयाँ राजनीतिक पार्टीबाट अघि बढ्छु। म यो देशलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्छु। नयाँ दल बनाएर, नयाँ म्यान्डेट दिन तयार भएर आएको छु।’

उनले सबै राजनीतिक दलबाट अफर आएको भन्दै आजको मितिसम्म दर्ता भएका कुनै राजनीतिक दलमा प्रवेश गर्दा कुनै परिवर्तन गर्न नसकिने बताए । उनले सवै क्षमतावान स्वतन्त्रहरुलाई आफ्नो दलसँग जोडिएर उम्मेदवारी दिन आग्रह गरे ।

क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन् । उनले भने,’आफ्नो नेतृत्वमा दल दर्ता गरे पनि यो पार्टी सबै जनताको हो। म सबैलाई खुला हृदयले स्वागत गर्न चाहन्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मिश्रलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थप पाँच दिन

दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याउन नहुने एमाले सचिवालय बैठकको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको

पोखरा विमानस्थलका सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन लेखा समितिका सदस्यलाई वितरण, भैरहवाको लागि संयोजकको खोजी

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा गठित उपसमितिले

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल