पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रने अनेरास्ववियुको चेतावनी



काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

अनेरास्ववियुले सोमबार विज्ञप्ति जारी गरी मूल्यवृद्वि फिर्ता नलिए त्यसकाविरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रने चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ,‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु जोडदार माग गर्दछ ।’

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियु सम्पूर्ण जनसमुदायलाई र आम नेता कार्यकर्ताहरुलाई मूल्यवृद्वि विरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रन आव्हान गर्दछ ।’

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ ले वृद्धि गरी प्रतिलिटर १९२ रुपैयाँ कायम गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव बुझे आफन्तले

  काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

यस्ता  छन् चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नयाँ प्रावधान

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही