प्रधानमन्त्रीविरुद्ध खेद प्रस्ताव पारित गर्नुपर्छः भीम रावल



काठमाडौँ । नेकपा एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्प्रति अनुत्तरदायी भएको आरोप लगाएका छन् । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद रावलले प्रधानमन्त्री देउवा समितिको बैठकमा उपस्थित नभएर संसदीय समितिप्रति अनुत्तरदायी भएको देखिएको बताएका हुन् ।

उनले संसदीय समितिको बैठकमा बिनाकारण नआउनु खेदजनक भएको भबताए । उनले यसमाथि समितिले खेद प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीले संसदीय समितिमा आउँछु भनेर अकारण सचिवालयमार्फत आउँदिन भन्नु खेदजनक हो । समितिले खेद प्रस्ताव पारित गर्नुपर्छ ।’

उनले अब संसदीय समितिले सरकारलाई एसपीपीमा नरहने कुरा उल्लेख गरेर पत्र लेख्न निर्देशन दिनुपर्ने बताए । बैठकमा सांसद भीम रावलले बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभइ अनुपस्थित नहुनु संसदीय गरिमाको अवमूल्यन हुने बताए। संविधान र संसद्को रक्षा गर्न भन्दै प्रधानमन्त्री बनेका देउवा संसदप्रति उत्तरदायी हुनु पहिलो कर्तव्य हुने रावलले बताए ।

शुक्रवार प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएर समितिले यसबारे सेनाको धारणा बुझेको थियो । त्यस्तै बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि एसपीपीबारे सरकारको धारणा राखेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इपीजीको प्रतिवेदन एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने अवस्था आउँछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न

नेदरल्यान्ड्ससँग नेपाल दुई रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल दुई रनले पराजित भएको छ

प्रदेश इन्चार्ज हेरफेरप्रति माओवादी नेताहरु असन्तुष्ट, कार्यविभाजन सही नभएको जिकिर

काठमाडौं । प्रदेश इन्चार्ज र सहइन्चार्जमा जिम्मेवारी हेरफेरलाई लिएर नेकपा माओावदी केन्द्रका नेताहरु

एमाले टिआरसी विधेयक पारित गर्ने पक्षमा छः अध्यक्ष ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’