यिनका चिनिएका चौवन्नी कार्यकर्ता भएको भए देशमा आगो बल्थ्यो, तर निहारीकाका पक्षमा…?



गुरु भट्टराई  ।

१७ वर्षकी केटी हिरोइन हुने लोभमा खै के के गुमाइछन् । जे भएपनि सामाजिक अनुशासन उल्लंघन गर्नेलाई नेपालको कानुनले अपराध ठान्छ । निहारीका त हिरोइन पनि हैनन् । बलात्कार गर्ने हिरो पनि हैन । बलात्कार गर्ने अलिक सम्पत्ति भएको मान्छे भएपछि राजनितिक आड नभएकी, सम्पत्ति नभएकी निहारीकाहरु अस्मिता सडकमा प्रदर्शन गर्नुपर्ने ? निहारिका नेमसंघ, अनेमसंघ, माओबादी महिला संगठनसँग सम्बन्ध सदस्य भएको भए माइतीघरमा टायर बल्थ्यो, प्रहरीको रबरको गोली चल्थ्यो, पानीको फोहोरा चल्थ्यो ।

निहारीकाहरुको नाममा न सरकार छ, न कांग्रेस छ, न एमाले, न माउवादी । यिनका चिनिएका चौवन्नी कार्यकर्ता भएको भएपनि देशमा आगो बल्थ्यो । लास बनाइएकी निर्मलाको नाममा थुप्रैले पैसा कमाए, राजनीति गरे, एनजिओ चलाए– न्याय पाइनन् प्रमाण छैन भनेर । तर अपराधको प्रमाण काखमा बोकेर राजधानीको सडकमा सुतेकी निहारिकाहरु यो देशले देख्दैन । जंगली राज भनेकै यही हो । पैसा, बन्दुक र सत्तासँग नजिक भएमात्र बाँच्न सकिन्छ । नत्र त जीवन जीउन पनि कठीन भो यो देशमा ।

अरुसँग गुनासो छैन तर संसदमा एमाले सांसदहरु यो बिषय किन उठाउदैनन् ? विमला ओली प्रवृत्ति हामीले स्वीकारेका हौं ? न्याय भनेको सत्ता, पैसा, बन्दुक हो भन्ने कुरा पुष्टि हुँदै गयो भने त्यस्तो देश र समाज निकट समयमा पतनको बाटोमा छ भन्ने बुझ्नुपर्छ ।के हामी यस्तै चाहन्छौ ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली

१२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमतिपछि ग्यास उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं । खाना पकाउने ग्यासको कमिसन बढ्ने भएपछि ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका

ललिता निवास जग्गामा विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार पुग्यो सर्वोच्च

काठमाडौं । ललिता निवासको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम