अमेरिकामा ३० वर्षयताकै सबैभन्दा धेरै ब्याजदर वृद्धिको घोषणा


अमेरिकी केन्द्रीय बैंकले बढ्दो उपभोक्ता मूल्यमा लगाम लगाउने आफ्नो कदमलाई अघि बढाउँदै झन्डै ३० वर्षयताकै सबैभन्दा ठूलो ब्याजदर वृद्धिको घोषणा गरेको छ । फेडरल रिजर्भले आफ्नो मुख्य ब्याजदरलाई प्रतिशत बिन्दुको तीन चौथाइका दरले वृद्धि गर्दै १.५ प्रतिशतदेखि १.७५ प्रतिशतको दायरामा पुर्याउने बताएको छ ।

गत महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि मार्च यताको यो तेस्रो यस्तो वृद्धि हो । योसँगै अर्थतन्त्रले सामना गरिरहेको अनिश्चितता थप बढ्ने ठानिएको छ । बैठकपछि जारी गरिएको प्रक्षेपणले केन्द्रीय बैंकले बैंकहरुले सापटी लिँदा लिने शुल्कको दर वर्षको अन्त्यसम्ममा ३.४ पुग्न सक्ने अपेक्षा अधिकारीहरूले गरेको देखाएको छ । यो कदमका कारण धितोबन्धक, क्रेडिट कार्ड र अन्य ऋणका लागि सर्वसाधारणले उच्च लागतको सामाना गर्नुपर्ने हुन सक्छ ।

विश्वभरका केन्द्रीय बैंकहरूले यस्तै खाले कदम चाल्नसक्छन् र त्यसले विश्वव्यापी अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ । त्यसले वर्षौँका लागि न्यून लागतको कर्जा र सापटीको फाइदा लिएका व्यवसाय र घरपरिवारहरूलाई प्रभावित पार्नसक्छ ।

एउटा रणनीतिक परामर्शदातृ संस्था ईवाई–पार्थेनन्का प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोले भने, ‘अधिकांश उच्च अर्थतन्त्र भएका देशहरूका केन्द्रीय ब्याङ्क र केही उदीयमान बजारका केन्द्रीय ब्याङ्कले आफूलाई पनि अनुकूल बनाउने नीतिहरू कडा पार्दैछन्।’

अप्रिलमा उपभोक्ता मूल्य ९ प्रतिशत बढेको यूकेमा बैंक अफ इङ्गल्यान्डले बिहीबार डिसेम्बरदेखि आफ्नो आधार दरलाई सन् २००९ पछि पहिलो पटक एक प्रतिशतभन्दा माथि धकेल्दै पाँचौँ वृद्धिको घोषणा गर्ने अपेक्षा गरिएको छ। । ब्राजिल, क्यानाडा र अस्ट्रिलियाले पनि ब्याजदर बढाएका छन् । युरोपेली केन्द्रीय बैंकले पनि यसपालिको गर्मीयामपछि त्यस्तै गर्ने योजना बनाएको छ ।

सन् २०२० मा महामारीले अर्थतन्त्रलाई पारेको प्रभावसँग जुझ्नका लागि अमेरिकामा केन्द्रीय बैंकले यस वर्षको मार्चमा ०.२५ प्रतिशत र मेमा अर्को आधा प्रतिशत बिन्दु गरी दुई पटक ब्याजदर बढाइसको छ । त्यसबेला फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अधिकारीले तीव्र वृद्धिबारे नसोचेको बताएका थिए।