निर्वाचन र रुस-यु्क्रेनको युद्धले कागज आपूर्तिमा ढिलाइ हुँदा पाठ्यपुस्तक छपाइमा ढिलाईः शिक्षा मन्त्री



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समयै कागज आपूर्ति नहुँदा पाठ्यपुस्त छपाइमा ढिलाइ भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सांसदहरुको प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण कागज आपू्र्तिमा समेत प्रभाव पर्दा छपाइमा ढिला भएको बताएका हुन् ।

उनले वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि समेत जनक शिक्षाले काम गर्न परेको हुँदा तोकिएको समयमा पाठ्यपुस्तक छपाईमा ढिलाइ हुन गएको बताए ।

उनले भने,’रुस– युक्रेन युद्धका कारण कागज आपूर्तिमा प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गएपनि मन्त्रालयको नियमित अनुगमन तथा निर्देशनका कारण पुस्तक छपाइ नियमित रुपमा भइरहेको छ।’ उनले शैक्षिक सत्रमा पाठ्यपुस्तक पुग्न नसकी पढाइमा बाधा नपरोस् भनी सामग्री उपलब्ध हुने वैकल्पिक व्यवस्था गरिएको बताए । पाठ्यसामग्रीमा एकरुपता ल्याइ निजी विद्यालयमा प्रयोग हुने सामग्रीमा नियमन गरिने उनले बताए ।

शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था भएतापनि कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशकबाट र कक्षा ११–१२ को साझा प्रकाशनमार्फत समेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको जानकारी दिए ।

जनक शिक्षा सामग्री केन्द्रबाट कक्षा ४–१० सम्मका विद्यार्थीका लागि जम्मा १ करोड ९६ लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरण गर्नु पर्नेमा हालसम्म १ करोड ७० लाख थान छपाइ तथा वितरण भइसकेको भन्दै बाँकी छपाइ सम्पन्न हुने क्रममा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीले बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन

  गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

पुस मसान्तसम्म २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति

काठमाडौं । सरकारसँग २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति

सशस्त्र प्रहरीद्वारा विराटनगरमा एक व्यक्तिको साथबाट ३८ वटा मानव खप्पर बरामद

विराटनगर । विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित सशस्त्र प्रहरीले एकजनालाई