एमालेद्वारा संसदमा ‘स्थगनको प्रस्ताव’ दर्ता



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकको नियमित कार्यसूची स्थगित गर्न माग गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका १५ सांसदले संसदमा जारी बजेटमाथिको मन्त्रालयगत छलफल रोकेर रासायनिक मलको बारेमा छलफल गर्न स्थगत प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा धान खेती शुरु हुने समय गुज्रिन लागिसक्दा किसानहरु मलका लागि भौतारिँदै हिँडेको र सरकार कुनै समस्या नै नभएजसरी ढुक्कसँग बसेको उल्लेख छ।

‘रासायनिक मललाई अत्यावश्यक वस्तुको रुपमा एनेमा परिभाषित गरी छिटो प्रक्रियाबाट ल्इाउने गरी कानुनमा सुधार सम्म गर्ने प्रयास समेत सरकारले गरेको छैन,’ पत्रमा भनिएको छ,‘ गभर्नमेन्ट टू गभर्नमेन्ट (जी टू जी) विधिबाट भएपनि तत्काल मल देशभित्र ल्याउन मल उत्पाद राष्ट्रहरुसँग विशेषर गरी भारतसँग पहलकदमी गर्नुपर्ने देखिन्छ।’

प्रस्तावमा हस्ताक्षर गर्ने अन्य सांसदहरुमा कृष्णभक्त पोखरेल, यज्ञराज सुनुवार, राजेन्द्रकुमार राई, कृष्ण गोपाल श्रेष्ठ, नारायणप्रसाद खतिवडा, झपटकुमार रावल, गंगा चौधरी, रेखा कुमारी, नारायण प्रसाद मरासिनी, पवित्रा निरौला खरेल, विमला विश्वकर्मा, सरिता गिरी, नवराज सिलवाल र घनश्याम खतिवडा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले