यिनलाई मतदाताले फेरि पनि मत दिन्छन् नै त होला !



शारदाप्रसाद त्रिताल ।

हालको राष्ट्रिय गठबन्धनमा SBD 5+PKD 2+MKN 1+JNK 1+BRB 1= १० पटक प्रधानमन्त्री भएका व्यक्तिहरुको जमघट छ ।
अनेकौं पटक उपप्रधानमन्त्री र मन्त्री भएका उनीहरुका पछौटेहरुले जताततै टाइँफाइँ गरिरहेको पनि देखिन्छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा भेटघाट भएका समाचार पनि सुन्न पाइन्छ । त्यस्ता भेटघाटमा जिल्ला समन्वय समितिमा गठबन्धन गर्ने र आगामी प्रदेश र संघीय संसदको निर्वाचनसम्म पनि गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको विषय सार्वजनिक हुन्छ ।
तर विडम्वना !

१. राजधानी शहरको फोहोरको व्यवस्थापन गर्ने सम्बन्धमा गठबन्धनमा छलफल भयो र यस्तो निस्कर्ष निस्कियो भन्ने समाचार सुन्न पाइँदैन ।

२. मेलम्ची खानेपानी परियोजनामा देखिएको समस्याको समाधान गर्ने सम्बन्धमा छलफल भयो भन्ने समाचार सुन्न पाइँदैन ।

.अन्य राष्ट्रिय गौरबका आयोजनामा देखिएका समस्या समाधान गर्ने सम्बन्धमा छलफल भएको भन्ने सुन्न पाइँदैन ।

विभिन्न समाचारमा आउने गरेका नीतिगत भ्रष्टाचार र अन्य भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने विषयमा छलफल भएको कुरा सुन्न पाइँदैन ।

५.  संसदमा पेश भएका महत्वपूर्ण विधेयकहरुका सम्बन्धमा छलफल भएको सुन्न पाइँदैन ।

. प्रधानन्यायाधीश विरुद्धको महाभियोग संसदमा विचाराधिन छ । त्यसको छिनोफानो नगर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत वेइज्जति भइरहेको छ । तर गठबन्धनको छलफलमा यस विषयले प्राथमिकता पाएको देखिंदैन ।

किसानले मल नपाएर कृषिमा अवरोध आइरहेको विषयले गठबन्धनको ध्यान आकर्षण गर्न सकेको छैन ।

प्रशासनयन्त्र इतिहासमै सबैभन्दा बढी अस्थिर भएकोछ । यस सम्बन्धमा गठबन्धनमा छलफल भएको सुन्न पाइँदैन ।

पुँजीगत खर्च कम भएर विकास निर्माणमा वाधा पुगिरहेकोछ । यस सम्बन्धमा छलफल भएको सुन्न पाइन्न ।

१०  बलत्कार र हत्याका अनेकौं घटनाहरु भएका समाचार आइरहेका छन् । तिनको समाधान गर्न के कस्ता उपाय अवलम्बन गर्ने भन्ने सम्बन्धमा छलफल भएको सुन्न पाइँदैन ।

११.  विचौलिया, माफिया, डन, तस्करहरुबाट जताततै राष्ट्रिय सम्पत्तिको हिनामिना भइरहेका खबरहरु आइरहेका छन् । तिनको निराकरण गर्ने सम्बन्धमा गठबन्धनमा छलफल भयो भन्ने सुन्न पाइँदैन ।

यी पटकेहरु (विपक्षी दलका नेताको समेत जोड्दा १३ पटक नै पुग्छ) फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा छन् ।
यिनलाई मतदाताले फेरि पनि मत दिन्छन नै त होला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली

१२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमतिपछि ग्यास उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं । खाना पकाउने ग्यासको कमिसन बढ्ने भएपछि ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका

ललिता निवास जग्गामा विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार पुग्यो सर्वोच्च

काठमाडौं । ललिता निवासको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम