लघुकथा : विजय जुलुस
प्रभादेवी पौडेल।
कुनै एक पार्टीको कृयाशिल सदस्य बने देखि अर्जुन उक्त पार्टीको निक्कै गुण गान गाउॅदै हिड्ने गर्थ्यो । नजिकै स्थानिय चुनाब आएको थियो । उ घरको कामको प्रबाह नगरि परिवार साहित प्रचार प्रसारमा खटिएको थियो। खशीको मासु खान दशैं नै कुर्नु पर्ने कतिपयको परिवारका सदस्यको मुखमा दैनिक मासु र भात पेट चर्कने गरि परेपछि उनीहरुलाई लाग्थ्यो यसरी नै सँधै चुनाब आईराखे हुने थियो। उतिका नाममा एकदिन अर्जुनको छोराले सिंगो खशी ढालेको देखेर सोध्यो,-” बाबा आज दशैं हो ?” यो सुनेर नजिकै बसेका नेता ज्यू आफ्ना कार्यकर्ताको सन्तुस्टि प्रति ठुलो छाती बनाउॅदै मुसुमुसु हाँसेका थिए।
मतदानको दिन थियो। अर्जुन बिहानै देखि मतदान केन्द्रमा स्वयं सेवकको रुपमा खटिएको थियो। आफ्ना कार्यकर्ता तथा समर्थकहरुको संख्या ठुलो भएपनि चुनाब न हो नेता ज्यू बिहानै देखि डाडु जत्रो मुख बनाएर लखर लखर कैले यता कहिले उता हिँडिरहेका थिए। त्यसै दिन बेलुका मत पेटिका गन्ने ठाउमा लगेर आधिकारिक ब्यक्ति मार्फत गन्न शुरु गरियो। नेता ज्यू आफ्ना कार्य कर्ता सहित बाहिर बसी परिणाम सुन्दै थिए। मेहरमा उठेका उनी जति वडाको गन्दै गयो उति आफ्नो बिपक्षको अग्र स्थान आउॅदै गएको देखेर लुसुक्क बाहिर निस्के।
भोली पल्ट अन्तिम परिणाम सुनेपछि उनी निरास भएर आफ्ना शुभ चिन्तकहरु कहाँ गए। कसैलाइ भेटेनन्। फर्कदै गर्दा बाटोमा ठुलो बिजय र्याली आइरहेको थियो। बिपक्षी भएपनि उनले बधाई र शुभकामना दिन पर्खिए । हाम्रो नेता जिन्दबाद ! जीत कस्को जनताको ! हाम्रो नेता हाईहाई!, भ्रस्टचारी बाईबाई!!त्यो र्यालीलाई उनकै सक्रिय कार्यकर्ता अर्जुन र भुवनले अगुवाई गरेका थिए।