निजगढ विमानस्थल बनाउन नदिने सर्वोच्चको फैसलाले विकासमा दूरगामी असर पर्छ



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने टिप्पणी गरेका छन् ।

शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँगको कुराकानीमा उनले वीरगंजजस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण व्यापारिक नाकालाई काठमाडौंसँग जोड्ने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ अन्तराष्ट्रिय विमानस्थल हुने भएकाले त्यसलाई रोक्ने काम सर्वोच्चबाट जसरी भएको छ, त्यसले नेपालको विकासमा दूरगामी असर पार्ने बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले आन्तरिक पर्यटक पनि धान्न सक्ने अवस्था नभएकाले पनि आफू प्रधानमन्त्री भएकाले बेला सो परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रुपमा अघि बढाएको बताए ।

उनले भने, ‘जेहोस् हामीलाई यो चाहिन्छ । यो विमानस्थलविना काठमाडौंले त यहाँ आन्तरिक पनि धान्न नसक्ने अवस्था आईसक्यो । हामीलाई चाहिन्छ । टाढा पठाएर हुँदैन । विदेशीहरु आउने भनेको राजधानीमै हो । फेरी त्यो निजगढको अन्तराष्ट्रिय विमानस्थल भनेको वीरजंगजस्तो सबभन्दा महत्वपूर्ण हाम्रो व्यापारिक नाका हो । जहाँबाट काठमाडौंसँग सबभन्दा निकटको व्यापार सम्बन्ध हुन्छ । त्यसैले सामान ढुवानी गर्नका लागि पनि हामीलाई फाष्टट्रयाक लगायतको आवश्यक छ । रेलको आवश्यकता छ । एयरपोर्ट हुँदा न अन्तराष्ट्रिय र राष्ट्रिय यातायात, सञ्चार र ढुवानीको निम्ति मद्दत पुग्छ । त्यसो हुनाले त्योभन्दा बाहेक अन्यत्र उपयुक्त ठाउँ छैन । नेपालको विकासको निम्ति अहिले जुन घटना घटेको छ, यो घटनाले हाम्रो विकासलाई ठूलो दूरगामी असर गर्छ भन्ने हो ।’

भट्टराईले नेपालको न्यायालय र प्रशासन संयन्त्र विकासमैत्री नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले