हाम्राले कताबाट सिके अन्तरघात गर्न ? समीक्षा हुन्छः केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी हारको मुख्य कारण अन्तरघात भएको बताएका छन् । बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अन्य दलका कारण नभई एमालेकै कारण निर्वाचनमा पराजित हुनुपरेको बताएका हुन् ।

सांसद नवीना लामाक अनुसार बैकमा अध्यक्ष ओलीले चार महानगरमा उपमेयर जित्दा मेयरमा पराजित हुनुको कारण अन्तरघात भएको बताए । उनले यसपटक एमालेमा खतरनाक ढंगको अन्तरघात देखिएको भन्दै यसको विस्तृत समीक्षा गरिने बताए ।

उनले कांग्रेस, माओवादी र एकीकृत समाजवादीभन्दा एमालेमा अन्तरघात बढी भएको बताए । उनले भने, ‘यसपल्ट धेरै ठाउँमा अन्तरघात भयो। माओवादी र समाजवादीमा भएन। कांग्रेसमा कम भयो। हाम्राले कताबाट सिके, समीक्षा हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच न्युयोर्कमा भेटवार्ता

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच

नेपालमा जलस्रोत, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्ने रोमानियाको चाहना

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको

नेपालमा ६० वर्षभन्दा माथिका करिब १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सियाबाट प्रभावित

काठमाडौँ । शनिबार विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ