३५ हजार २२१ पदमध्ये ३४ हजार ७४१ जनप्रतिनिधि निर्वाचित



काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनको मतगणना कार्यअन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित हालसम्म ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचन आयोगको सूचना प्रणालीमा मङ्गलबार साँझ ७ बजेसम्म प्रविष्ट भएको विवरणअनुसार नेपाली कांग्रेसका १३ हजार ६३०, नेकपा (एमाले) का ११ हजार ७७६, नेकपा (माओवादी केन्द्र) का पाँच हजार १९, जनता समाजवादी पार्टी, नेपालका एक हजार ५३३, नेकपा (एकीकृत समाजवादी) का ९७९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ५८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३०३, राष्ट्रिय जनमोर्चाका १५९ र नागरिक उन्मुक्ति पार्टीका ९९ जना विभिन्न पदमा निर्वाचित भएका छन् ।

यसैगरी जनमत पार्टी (जपा) का ९६, नेपाल मजदुर किसान पार्टीका ८५, जनता प्रगतिशील पार्टी, नेपालका १७, तराई मधेस लोकतान्त्रिक पार्टीका १२, विवेकशील साझा पार्टीका ११, नेपाल जनता पार्टीका १०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नौ, नेपाल लोकतान्त्रिक पार्टीका सात, राष्ट्रिय जनमुक्ति पार्टीका सात, नेपाली कांग्रेस (विपी) का सात, बहुजन शक्ति पार्टीका ६, बहुजन एकता पार्टी नेपालका पाँच, नेपाल सुशासन पार्टीका चार, नेकपा (माओवादी समाजवादी)का दुई, नेपाल सद्भावना पार्टीका एक र स्वतन्त्रका ३८३ जना निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले