भरतपुरमा पाँच हजार भन्दाबढी मतले रेनु दाहालको अग्रता



भरतपुर । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिएकी छन् ।

उनले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले नौ हजार ५५२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १२ हजार २०० मत अन्तरले अग्रता लिएका छन् । अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गरेका छन् ।

गणना सकिएका वडामा नेपाली कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, नेकपा एमालेले वडा नम्बर ३, ११ र १२, नेकपा समाजवादीले ७ र ९ एवं नेकपा माओवादी केन्द्रले वडा नम्बर १३ मा विजय हासिल गरेको छ । हाल भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को गणना जारी रहेको छ । गणना जारी वडामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूपू बेलायती गोर्खा सैनिकका मागबारे हुने वार्तालाई निष्कर्षमा पुर्याउन सरकारलाई संसदीय समितिको निर्देशन

  काठमाडौँ ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्र मन्त्रालयलाई बेलायती भूतपूर्व गोर्खा

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक

शालीन पोखरेल मृत्यु घटनाको प्रभावकारी रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

  काठमाडौँ । संसदको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा समहति जुटेन, कानुनमन्त्रीले मागे समय थप

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन कानुनमन्त्री धनराज गुरुङले थप समय मागेका छन्