वीरगंंजमा सरावगी भन्दा राजेशमान ११ हजार मतले अगाडि



वीरगंज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी १२ हजार २८९ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।

यसैगरी उपमेयरमा पनि गठबन्धनका उम्मेदवार इम्तियाज आलमले कूल १६ हजार ८६१ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पुरुषोत्तमलाल झा तीन हजार ५७६ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।

हालसम्म यस महानगरपालिकामा कूल ४६ हजार ३५२ मत गणना भएको हो । महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाहरुको मत परिमाण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घट्नु आवश्यक छ : उद्योमन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा

मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन

रवीन्द्र मिश्र । मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ

महाकाली सन्धि भएको २६ वर्षपछि मूल नहरमा पानी

शेरबहादुर सिंह, महेन्द्रनगर । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली

राजनीतिक भागबण्डामा न्यायाधीशको नियुक्ति गर्दा समस्याः कानुनमन्त्री

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीशको नियुक्ति राजनीतिक