धनगढीमा २१ हजार मतगणना हुँन बाँकी, १९ हजार मतका साथ हमाल अग्रस्थानमा



धनगढी । शनिबारदेखि सुरु भएको कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ४२ हजार २३० मतगणना भएको छ । शुक्रबार बिहान ७ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार १४७ मत पाएका छन् ।

यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन् । हमाल र वडबीच ९ हजार ५९० मतको अन्तर छ ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ८ हजार १४१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १५, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ । गत शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। अब २१ हजार ४८५ मत गणना गर्न बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले टिआरसी विधेयक पारित गर्ने पक्षमा छः अध्यक्ष ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’

माओवादीमा प्रदेश इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी हेरफेर, आफूहरुप्रति पूर्वाग्रह राखिएको जनार्दन शर्माको गुनासो

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

६ महिनामा कर्तव्य ज्यान मुद्दाका ३६० पुरुष र ४६ महिला पक्राउ

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच