गगन थापाको वडाबाट कांग्रेसले खोल्यो काठमाडौंमा खाता


काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्षमा नेपाली कांग्रेसका दलबहादुर कार्की निर्वाचित भएका हुन् । उनले २०६१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त खड्गीले ९४८ मत पाए । यो कांग्रेस महामन्त्री गगन थापाको गृह वडा हो ।