अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित



काठमाडौं । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा (माओवादी केन्द्र)बाट तीन जना महिला निर्वाचित भएका छन् । यस्तै कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन् । तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत समाजवादी)बाट पाँच र जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट तीन जना नगर उपप्रमुखमा निर्वाचित भएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई÷दुई जना, नेपाल मजदुर किसान र नागरिक उन्मुक्ति पार्टीबाट एक÷एक जना उपप्रमुखमा निर्वाचित भएका छन् । यसैगरी ४०६ गाउँपालिका उपाध्यक्षमध्ये २८९ जना महिला निर्वाचित भएका छन् ।

कांग्रेसबाट १२६, एमालेबाट ९८, माओवादी केन्द्रबाट ४४, जसपाबाट ११, नेकपा (एकीकृत समाजवादी)बाट दुई, लोसपाबाट तीन, राप्रपाबाट दुई तथा नागरिक उन्मुक्ति, जनमत पार्टी र विवेकशील साझा पार्टीबाट एक/एक जना गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै महिला उम्मेदवार वडाध्यक्षमा ५७ जना निर्वाचित भएका आयोगले जनाएको छ ।

अहिलेसम्म पाँच हजार ७४७ जना वडाध्यक्षमा निर्वाचित भइसकेका छन् । यस्तै महिला सदस्यमा पाँच हजार ७४१, दलित महिला सदस्यमा पाँच हजार ६४३, सदस्यमा ३९५ जना महिला निर्वाचित भइसकेका छन् । गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीको जोड

  सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारलाई सुनिश्चित गर्न देशभरका महिला एक

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, यस्तो छ चार दलबीचको आठ बुँदे सहमति

काठमाडौं । नयाँ गठबन्धनमा आवद्ध चार राजनीतिक दलले आठबुँदे सहमति गरेका छन् ।

सरकारमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई

नयाँ समीकरणको उद्देश्य स्पष्ट भएपछि मात्रै एकीकृत समाजवादीले सरकारमा जानेबारे निर्णय गर्ने

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नयाँ गठबन्धनको गुण र