पोखरा । पोखरामा अहिलेसम्म ३४ हजार ६१७ मतगणना सकिँदा सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् ।
आचार्यले बुधबार बिहानसम्म १४ हजार ३६२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का कृष्णबहादुर थापाको १२ हजार ५१७ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाटले १४ हजार ६५८ मतसहित अग्रता बनाएकी छन् । एमालेकी मञ्जुदेवी गुरुङको १४ हजार २७५ मत छ ।

प्रतिक्रिया