अहिलेसम्मको परिणाम अनुसार कांग्रेस पहिलो स्थानमा



काठमाडौं । स्थानीय तह निर्वाचनको मंगलबार दिउँसोसम्म दुई सय ९५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म ४४ वटा नगरपालिका र दुई सय ५१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म १४५ पालिकाको नेतृत्व पाएको छ । दोस्रोमा नेकपा एमालेले ९५ पालिकाको नेतृत्व पाएको छ ।

नेकपा माओवादी केन्द्रले ७१ पालिकाको नेतृत्व जितेको छ । नेकपा एकीकृत समाजवादीले चार वटा र जनता समाजवादी पार्टीले चार वटा गाउँपालिकाको अध्यक्ष जितेका छन् ।

एउटा नगरपालिकाको मेयर स्वतन्त्र र एउटाको मेयर नेपाल मजदुर किसान पार्टीले जितेका छन् । राष्ट्रिय जनमोर्चाले एउटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । नेकपा एकीकृत समाजवादीले एक सय एक वटा वडामा अध्यक्ष जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको