भरतपुरमा विजय सुवेदीलाई पछि पार्दै फेरि रेनुको अग्रता



भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार चार सय ३९ मतसहित अग्रतालाई कायम राखेकी छन् । १९ हजार १८३ मतगणना हुँदा दाहाल एक सय ६७ मतले अघि छिन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ६ हजार २७२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार एक सय ३९ मत ल्याएका छन् । यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले सात हजार आठ सय ४९ मतसहित अग्रता लिइरहेका छन् भने उनलाई राप्रपाकी उम्मेदवार हिमला गुरुङले पाँच हजार एक सय ५२ मतसहित पछ्याइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चको अदालतको बोर्डमा कालो छ्यापेको अभियोगमा बिनु यादव पक्राउ

काठमाडौं । श्रीमानबाट हिंसामा परेको दाबी गर्दै आएकी बिनु यादवलाई प्रहरीले पक्राउ गरेको

प्रकाश भुजेलको कारको ठक्करबाट मृत्यु भएका नगरकोटी दम्पतीका २ छोरीको अभिभावकत्व प्रचण्डले लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई झाँक्री बताउने प्रकाश

दोस्रोपटक थपियो मुग्लिन–पोखरा सडकको म्याद

दमौली । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको

सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेली टोलीको वर्चश्व

काठमाडौँ । नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल)मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम