एमालेले मतदाताको अभिमतको अवमूल्यन गरेको महामन्त्री थापाको आरोप


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले मतदाताको अभिमतको अवमूल्यन गरेको आरोप लगाएका छन् । आइतबार साँझ सामाजिक संजालमार्फत महामन्त्री थापाले निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाएर एमालेले मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन गरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘मतदानसम्म ठिक, मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो ।’ एमालेले विज्ञप्ति जारी गरी सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको आरोप लगाएको थियो ।