मतदातालाई पैसा बाँड्दै गरेको बेला एमालेका वडाध्यक्षका उम्मेदवार पक्राउ



कर्णाली । सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गरेका नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार पक्राउ परेका छन् । जिल्लाको गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई बुधबार राति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको थियो ।

प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । पक्राउ परेका विसीलाई प्रहरी चौकी मेहलकुनामा राखिएको र निर्वाचन कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रदेश इन्चार्ज हेरफेरप्रति माओवादी नेताहरु असन्तुष्ट, कार्यविभाजन सही नभएको जिकिर

काठमाडौं । प्रदेश इन्चार्ज र सहइन्चार्जमा जिम्मेवारी हेरफेरलाई लिएर नेकपा माओावदी केन्द्रका नेताहरु

एमाले टिआरसी विधेयक पारित गर्ने पक्षमा छः अध्यक्ष ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’

माओवादीमा प्रदेश इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी हेरफेर, आफूहरुप्रति पूर्वाग्रह राखिएको जनार्दन शर्माको गुनासो

काठमाडौं । प्रदेश इन्चार्ज र सहइन्चार्जमा जिम्मेवारी हेरफेरलाई लिएर नेकपा माओावदी केन्द्रका नेताहरु

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।