केपी ओली र उनको पार्टी गणतन्त्र र संघीयताको खिलाफमाः प्रधानमन्त्री



पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरुलाई गठबन्धनको पक्षमा लाग्न आग्रह गरेका छन् । आइतबार पोखरामा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री देउवाले गठबन्धनले सबैभन्दा बढी कांग्रेसलाई फाइदा भएका कारण यसको पक्षमा लाग्न आग्रह गरेका हुन् ।

देशभरका महानगरपालिका र उपमहानगरपालिकामा कांग्रेसकै उम्मेदवार बढी भएका कारण इमानदारीपूर्वक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन क्रियाशील हुन आग्रह गरे ।

उनले गठबन्धनले  जितेको अवस्थामा मात्रै देशको विजय हुने समेत बताए । देउवाले स्थायित्व र स्थिरताको लागि गठबन्धन आवश्यक रहेको बताए । उनले केपी ओली र उनको पार्टी गणतन्त्र, संघीयताको खिलाफमा भएको बताए ।

उनले भने,‘ओलीको पार्टी र उहाँ स्वयं प्रजातन्त्रको पक्षमा हुनुहुन्न । प्रजातन्त्रको खिलाफको व्यक्ति हो उहाँ । उहाँको अर्कै षड्यन्त्र छ । ओलीले जिते भोलि संसद् भंग गरिदिने, पर्सी संसद् चल्न नदिने । एमालेजस्तो अविश्वसनीय पार्टी अन्त कहीँ छैन ।’

प्रधानमन्त्री देउवाले संसद्मा कांग्रेसको विरोध सहन नसकेर ओलीले संसद् भंग गरेको पनि बताए । पोखरामा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य मेयरका उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

इनरुवा । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४

देशभरको तापक्रम क्रमशः घट्दो

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका

कोसी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

  विराटनगर । कोसी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेको विवरण माग

काठमाडौँ । निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त