बास्तोला-वली पक्षद्वारा विप्लवलाई महासचिवबाट निस्कासन


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट विभाजन हुने भएको छ । यसअघि, विप्लवले जिम्मेवारीमुक्त गरेका नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली पक्षका नेताहरुको भेलाले विप्लवलाई महासचिवबाट निस्कासित गरी पार्टी पुनर्गठन गर्ने घोषणा गरेको हो ।

बुधबारदेखि चितवनमा सुरु भएको राष्ट्रिय भेलाले बास्तोलाको नेतृत्वमा पार्टी पुनर्गठन गर्ने घोषणा गरेको छ । स्थानीय तह निर्वाचनमा भाग लिने विप्लवको प्रस्तावपछि सो पार्टीमा विवाद चर्किएको थियो । विवाद बढ्दै गएपछि विप्लवले पार्टीबाट आफूविरोधी नेताहरू बास्तोला र वलीलाई निकालेका थिए ।