गठवन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ


काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

अमेरिका भ्रमणमा रहेकी मन्त्री झाँक्रीले गठबन्धनका दलबीचका वार्तामा केही दम्भ देखिएको बताएकी हुन् । उनले भनेकी छन्, ‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन । गठवन्धनका दलहरूको बीचमा हामीले आफैं भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौं । हाम्रा वार्ता संवादमा केही दम्भ देखियो। यो बीचमा गठवन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ । बस !’