स्थानीय तह निर्वाचनः देशभर मनोनयन दर्ता प्रक्रिया सुरू



काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ । निर्वाचन आयोगले आज र भोलि दुई दिन उम्मेदवारी दर्ताको समय तोकेको छ। आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्न सुरू गरिएको निर्वाचन आयोगले जनाएको छ।

देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गर्न शुरू गरेका हुन्।

आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। त्यस्तै, भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पनि आयोगले उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । गत निर्वाचनमा एकै दिन उम्मेदवारी दर्ता गर्न समय अपुग भएकाले यस पटक दुई दिन दिइएको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको कांग्रेसको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको

हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा

शिशिर खनाल । लामो समय देखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी