रूस-युक्रेन युद्ध अर्थात् चीन–अमेरिका युद्ध



केशवप्रसाद भट्टराई ।

१. एउटा इतिहास
पूर्वी युरोप र मध्यपूर्वमा आफ्नो साम्राज्य विस्तारगर्ने क्रममा रूसले कमजोर हुँदै गएको ओट्टोमन (टर्किस) साम्राज्यका भूभागहरूमा एक पछि अर्को गर्दै नियन्त्रणमा लिन थाले पछि रूस र टर्कीवीच युद्ध शुरू भयो । पछि टर्कीको मद्दतकोलागि वेलायत र फ्रान्स पनि युद्धमा सहभागी भए । परिणाममा रूस एकातिर र वेलायत, फ्रान्स र टर्की अर्कोतिर भएर सन् १८५३–५६मा क्राइमियामा युद्ध लडे । झन्डै सात लाख मानिस मारिए ।

पुरानो एसएलसीका विद्यार्थीहरूले एउटा अंग्रेजी कविता सम्झिएको हुनुपर्दछ ––लर्ड टेनिसन लिखित एउटा कविता “दी चार्ज अफ दी लाइट ब्रिगेड“ । ’इन्टु दी भ्याली अफ डेथ रोड दी सिक्स हन्ड्रेड’. छ सय ब्रिटिस घोडचडी सैनिक आफ्ना कमाण्डरले भ्रम बस दिएको एउटा आदेशलाई पालना गर्दै तोप द्वारा सुसज्जित हजारौँ रूसी सैनिकहरू उपस्थित रहेको क्राइमियाको बालाक्लाभा उपत्यका–(जसलाई टेनिसनले मृत्युको उपत्यका भनेर कवितामा सम्वोधन गरेका छन्) मा केवल तरवारको भरमा अक्टोबर २५, १८५४मा आक्रमण गर्न गए क्ष्
कविताका यी हराफहरू पक्कै सम्झनामा होलान् =

“Their’s not to make reply,
Their’s not to reason why,
Their’s but to do and die:
Into the valley of Death
Rode the six hundred.”

२. अर्को महत्वपूर्ण इतिहास पनि त्यो क्राइमिया युद्धसँग जोडिएको छ–त्यो हो आधुनिक नर्सिङ्गकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको नेतृत्वमा एउटा महिला टोलीले उक्त युद्धका घाइते सैनिकहरूको स्याहार सुसारमा अहोरात्र गरेको सेवा । त्यही सेवाबाट उनले अन्तर्राष्ट्रिय ख्याती आर्जन गरिन र नर्सिङ्ग एउटा संगठित सेवाको रूपमा विकास भयो । राती राती हातमा एउटा लाल्टेन लिएर घाइतेहरूको अवस्था बुझ्न जाने गरेकोले उनलाई “दी लेडी विथ दी ल्याम्प“ भनेर सम्वोधन गर्न थालियो । स्मरण रहोस उनी एक ब्रिटिस समाज सेवी र तथ्यांक शास्त्री थिइन् । घाइतेहरूको पीडाको वर्णन सुनेर स्वयं सेविकाहरूको टोली बनाएर उनी गएकी थिइन् ।

३. युद्धमा रूस पराजित भयो ।
ओट्टोमन ( टर्किस ) साम्राज्यका रूसी नियन्त्रणका भूभागहरू फिर्ता भए । क्राइमियाको सेभास्तोपुल बन्दरगाहबाट रूसी जल्सेना हटाइयो र ब्ल्याक सी निर्वाध अन्तर्राष्ट्रिय जल यातायातकोलागि सुरक्षित जल क्षेत्र घोषित भयो । अन्य भूभागहरू जस्तै क्राइमिया कहिले स्वतन्त्र रह्यो, कहिले टर्कीको, कहिले रूसको अधिनमा रह्यो, कहिले युक्रेनको अधिनमा हुँदै २०१४मा रूसले क्राइमियामा आक्रमण गरेर आफ्नो अधिनमा लिएको छ । संसारको कुनै पनि भूभाग कि युद्ध द्वारा कि सहमति, सन्धि र सम्झौताद्वारा वा बिक्री बट्टा द्वारा पनि कुनै राज्यको नियन्त्रणमा आउने गरेको र रहने गरेको छ ।
४. वर्तमान रूस –युक्रेन युद्धमा प्रवेश गरौँ ।
स्पष्ट छ –– अमेरिका आफ्नो नेतृत्वको विश्व व्यवस्थालाई यथावत कायम राख्न चाहन्छ क्ष् र यो स्वाभाविक हो –संसारको हरेक राष्ट्र शक्ति आर्जन गर्न, शक्ति वृद्धि गर्न र प्राप्त शक्ति कायम राख्न चाहन्छ । कुनै राष्ट्र आफ्नो शक्तिकोलागि चुनौती बनेर नआओस भन्ने चाहन्छ । चुनौती बनेर आउने राष्ट्र वा सम्भावित राष्ट्रको शक्ति बढ्न नदिनु , त्यसलाई रोक्न हर सम्भव प्रयास गर्नु उसको राष्ट्र धर्म हो । राष्ट्रिय दायित्व हो । आफ्नो शक्ति, सामर्थ्य, प्रभाव र प्रभुत्वमा वृद्धि गर्नु चीनको राष्ट्र धर्म हो । आफ्नो शक्ति, सामर्थ्य, प्रभाव र प्रभुत्वमा चुनौती बन्न आउने राष्ट्रलाई हर तरहले रोक्न खोज्नु , आफ्नो विश्व नेतृत्वलाई यथावत राख्न अल्पकालिक दीर्घकालिक सवै रणनीति अवलम्वन गर्नु अमेरिकाको राष्ट्र धर्म हो । दुवै मुलुक त्यो गरिरहेका छन् ।

रूस युक्रेन युद्धमा रूस आफ्नो युद्धमात्र लडिरहेको छैन–ऊ युक्रेनमा चीनको युद्ध पनि लडिरहेको छ । र अमेरिकाले युक्रेन युद्धलाई चीन समेतको युद्ध सम्झिरहेको छ । युद्ध युरोपमा लडिएको छ, परिणाम एसियामा खोजिएको छ । कसरी ? अर्को पटकलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना