नेपाल र भारतका बीचमा चारवटा सम्झौतामा हस्ताक्षर


काठमाडौँ । नेपाल र भारत बीच चारवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलसहित भएको वार्तामा चार वटा सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो।