काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आसन्न निर्वाचनमा एमालेलाई जीरोमा झार्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै खनालले संविधानविरोधी काम गरेर अपराध गरेकाले एमाले र त्यसको नेतृत्वलाई दण्डित गर्नुपर्ने बताएका हुन् ।
ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर गरेको संसद विघटनलाई अपराध भन्दै उनले अपराध गर्नेलाई सजाय दिने बेला आएको बताए । उनले भने, ‘ओली र भण्डारीले संविधानविरुद्ध गएर संसद विघटन गरे। यो दक्षिणपन्थी अवसरवाद र भड्काउ हो। अपराध हो। सामान्य ऐन उल्लंघन गरे सजाय हुन्छ। कैयौं वर्ष जेल जान्छ।’
खनालले अब आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठूलो सजाय पाउने बताए । उनले भने,‘उनको बाकसमा जीरो मत पाउनुपर्छ। तबमात्रै नेपाली जनताले सही ढंगले संविधानको रक्षा गर्न सक्छ ।’ उनले मुलुकलाई निकास दिनका लागि गठबन्धनको आवश्यकता र औचित्य पुष्टि भइसकेको बताए ।

प्रतिक्रिया