रसियाको सरकार नियन्त्रित टेभीमा समाचार प्रस्तोताले ‘नो वार !’ भनेपछि….



नारायण गाउँले ।

रसियाको सरकार-नियन्त्रित टेलिभिजनमा समाचार प्रस्तुत हुँदै छ । लाइभ प्रस्तुतीमै  एक जना सम्पादक महिला हातमा पोस्टर बोकेर आउँछिन् ! पोस्टरमा लेखिएको छ, “नो वार ! प्रोपोगाण्डामा विश्वास नगर्नुहोस्! यहाँ तपाईंहरूलाई झुटो सूचना प्रसारण गरिँदै छ !”
एउटा शासक क्रूर, पाशविक र सन्की हुन सक्छ तर देश नै क्रूर भन्ने त हुँदैन । दिनदिनै युद्धका नाममा अस्पतालदेखि स्कुलसम्म बमवर्षा भइरहेको र सयौं निर्दोष नागरिक र बालबच्चाहरूको निर्मम हत्या भइरहेको दृश्यले रसियन नागरिकहरू पनि विक्षिप्त देखिन्छन् ।

तर, विदेशी सञ्चारमाध्यमहरू नियन्त्रित भएको र ‘युद्ध या आक्रमण’ जस्ता शब्दसमेत प्रयोग गर्न नपाइने निरङ्कुश कानुन भएका कारण आमजनतालाई सरकारी टेलिभिजनले त्यही र त्यत्ति मात्र देखाइरहेका छन् जति पुटिन देखाउन चाहन्छन् । युक्रेनले भित्रभित्रै रसियालाई सिध्याउन लागेको, लाखौं रसियन नागरिकको हत्याको षड्यन्त्र बुनिरहेको आदि कारणले गरिएको ‘विशेष सैन्य कारवाही’ का रूपमा रसियन नागरिकले समाचार सुनिरहेका छन् ।

एक त धेरै देशले आक्रमणको विरोधमा लगाएको आर्थिक नाकाबन्दीले आमजनताको जीवन कष्टप्रद बनाएको छ । आफ्नो देशको छवि क्रूर र दानवका रूपमा स्थापित हुँदै छ । त्यसमाथि पनि दिनदिनै आक्रमण शब्दसम्म उच्चारण गर्न नमिल्ने यस्तो प्रोपोगाण्डा वाचन गर्दा पत्रकारलाई पनि अपराधबोध भएको हुनुपर्छ । बमले टुक्राटुक्रा बनाएको बालिकाको शवलाई शत्रुको रूपमा प्रस्तुत गरेर राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्न पक्कै सजिलो छैन । सम्पादक स्तरको जागीर र आफ्नो जिउज्यानको समेत पर्वाह नगरी लाइभ कार्यक्रममैं हामी प्रोपोगाण्डा प्रस्तुत गर्दै छौं भन्ने साहस त्यसै पक्कै आउँदैन ।

समाचार डेस्कमा काम गर्ने यिनीमात्र होइन, दिनहुँ हजारौं रसियन नागरिक युद्धको विरोधमा प्रदर्शनमा उत्रेका देखिन्छन् । रसियामा युद्धपीपासु पुटिन मात्रै छैनन्, कड़ा कानुन र दशौँ हजार प्रदर्शनकारीलाई जेल कोचिँदा पनि मानवताको पक्षमा आबाज उठाउन नछोड्ने ती तमाम नागरिक पनि छन् । रसियाको होइन, शासक र अमानवीय आक्रमणको विरोध गरौँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको केही समयपछि काठमाडौंको थापाथलीमा पनि

बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट